नागढुङ्गाबाट लागुऔषध सहित तीन जना पक्राउ

मंसिर १०, थानकोट । प्रतिबन्धित लागूऔषध सहित महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले तीन जनालाई प्रकाउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागुङ्गाको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध बोकेर काकरभित्ताबाट काठमाडौँतर्फ आइरहेको यात्रुबाहक बसमा चेकचाँज गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो भने बाँकी एक जनालाई कलंकीबाट प्रकाउ गरेको हो । 

प्रहरीले काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गा स्थित उक्त बसमा आएका दिवस लिम्बु तथा सुजन राउतको साथबाट ३०० ट्याब्लेट्स नाइट्राभ्याट बरामद गरेको छ । 

null

महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान पश्चात् सोही घटनासँग सम्बन्धित विवेक श्रेष्ठ समेतलाइ माहनगरिय प्रहरी वृत्त थानकोटको प्रहरी टोलीले पक्राउ गरी कानुन बमोजिम अनुसन्धान कार्य अगाडी बढाएको महानगरीय थानकोट प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिए । 

उनीहरुलाई थप अनुसन्धान पश्चात् लागुऔषध ऐन अन्र्तगत मुद्धा चलाईएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =