पत्रकार महासंघलाई आरती स्ट्रिपको २ लाख सहयोग

बिराटनगर, मंसिर ११ । नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थितगर्न आरती स्ट्रिप प्रा.लि.ले आर्थिक सहयोग गरेको छ । 

पत्रकार महासंघमा थप पुर्वाधार निमार्णका लागी महासंघले काम अगाडी बढाएपछि आरती स्ट्रिपले सहयोग गरेको हो । नेपाल पत्रकार महासंघद्धारा आयोजित एक कार्यक्रमका बिच आरती स्ट्रिपले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । 

कार्यक्रममा उद्योग संचालक समितिका उपाध्यक्ष सन्जिव शर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेललाई दुई लाख रुपैँयाको चेक हस्तान्तरण गरे । 

null

महासघंमा केहि भएपनि सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको समितिका उपाध्यक्ष शर्माले बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेलले महासंघको भवनलाई थप व्यवस्थीत गर्न थप पूर्वाधार निमार्णको काम शुरु गरिएकाले त्यसका लागी सवैलाई सहयोग पुरर्याउन आग्रह गरे । 

कार्यक्रममा उद्योगका प्रशासकीय अधिकृत दिवश नेपालले औधोगिक क्षेत्र सञ्चालनका लागी पत्रकार जगतले गरेको सहयोग महत्पुर्ण रहेको चर्चा गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *