ठूला आद्यौगिक क्षेत्र स्थापना गर्ने तयारीमा सरकारः मन्त्री पण्डित

मंसिर ७, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले उद्योगीहरुलाई सहज रुपमा उद्योग स्थापनाका लागि संघीय सरकारले मुलकका विभिन्न ८ स्थानमा ठूला आद्यौगिक क्षेत्र स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् । 

उद्योगका समस्या समाधान गर्न सरकार केन्द्रीत रहेको बताउँदै मन्त्री पण्डितले आद्यौगिक क्षेत्र स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । 

उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको औद्योगिक तथा व्यसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशको समृद्धि र जनतालाई सुखी बनाउन उद्यमीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । 

null

राजनितिक आन्दोलन समाप्त भएकाले अब मुलुकको समृद्धिमा सरकारको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो । 

वैदेशिक रोजगारबाट आर्जन हुने रेमिट्यान्सबाट आर्थिक समृद्ध कायम हुन नसक्ने बताउँदै उनले दक्ष युवा जनशक्तिलाई स्वदेशमा रोजगारी उपलब्ध गराउने खालका योजना ल्याउनुपर्नेमा जोड दिए । 

‘लामो समयसम्म देश रेमिट्यान्सको भर परेर मात्रै बस्दैन । यसबाट आर्थिक समृद्धि कायम हुन सक्दैन’ उनले भने, ’अब दक्ष युवाजनशक्तिलाई स्वदेशमा रोजगारी उपलव्ध गराउने खालका योजना ल्याउन जरुरी छ ।’ 

कार्यक्रममा प्रदेश नं १ का आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले संघीयता कार्यान्वयनमा रहेको अवस्थामा कर सम्बन्धी समस्या आगामी दिनमा समाधान हुने बताए । 

प्रदेशमा दरबन्दी अनुसारको कर्मचारी समायोजन नहुँदा सरकारको काममा समस्या भएको उनको भनाइ थियो । उनले राजश्व बाँडफाँड र प्राकृतिक श्रोतको बाँडफाँड समाधानका लागि संघीय सरकारले वित्तिय आयोग गठन गर्नुपर्नेमा जोड दिए । 

‘हामीले लामो समयदेखि उठाउदै आएकोमुख्य विषय नै वित्तिय आयोगको गठन हो उनले भने आयोग गठन हुने बित्तिकै राजश्व बाँडफाँड र प्राकृतिक श्रोतको बाँडफाँडमा देखिएका समस्याहरु समाधान भएर जानेछन् ’ उनले भने । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विकास निमार्णका लागि करको दायरा बढाएको बताए । करबाट उठेको पैसा जनताका लागि विकास निमार्णमा खर्च गरिने उनको भनाई थियो । 

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेसहित मोरङ र सुनसरीका स्थानीयतहका प्रमुख, उप्रमुख तथा प्रशासकीय अधिकृतहरुको सहभागिता थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =