भारतमा भीषण सामुद्रिक आँधीले ११ जनाको ज्यान लियाे

कात्तिक ३०, भारत । भारतको तटीय क्षेत्रमा शुक्रबार आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । 

हजारौंको सङ्ख्यामा रुखहरु आवासीय भवन र सवारी साधनमा ढलेका कारण मानिसहरुको भागाभाग भएको थियो । 

‘गाजा’ नाम दिइएको यो सामुद्रिक आँधी तामिलनाडु राज्यमा १२० किलोमिटर प्रति घण्टाको हिसाबले आएको थियो । 

null

त्यसअघि सो आँधी नागापात्तिनाम नजिकैको तटीय क्षेत्रमा आएको भारतीय मौसम अधिकारीहरुले जानकारी दिएका छन् । 

गाजा आँधीको कारण कम्तीमा ११ को मृत्यु भएको बताइएता पनि यसको विस्तृत विवरण भने प्राप्त भएको छैन । 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *