भारतीयको नृत्य रेकर्ड ब्रेक गर्दै धनकुटाकी बन्दना

 

मंसिर १२, काठमाडौँ । धनकुटा महालक्ष्मी नगरपालिका वडा नं. ९ मुर्तिढुंगाकी बन्दना नेपालले १२६ घण्टा नृत्य गरेर भारतीय हेमलताको रेकर्ड ब्रेक गर्ने भएकी छिन् । 

गिनिजबुकमा नाम लेखाएरै छोड्ने हठ्ले गत शुक्रबारदेखि नृत्य थालेकी १७ वर्षीया बन्दनाले अहिलेसम्म पूर्वको मारुनी, नौमती बाजा लगायतका नेपालका संस्कृति झल्किने सयौँ गीतमा नृत्य गरिसकेकी छिन् । 

null

 

उनले नृत्य सुरु गरेको आज ६ दिन भइसकेको छ । शुक्रबारदेखि लगातार नृत्य थालेकी बन्दनाले १२० घण्टा नृत्य गरिसकेकी छिन् । उनलाई जितका लागि अब ६ घण्टा नृत्य गर्नु आवश्यक छ । 

गत शुक्रबार बिहान ९ बजे राजधानीको बत्तीसपुतलीस्थित बिग फुडल्याण्डमा उर्जा मन्त्री वर्षमान पुन र पर्यटन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रिय झण्डा दिएपछि बन्धनाले नृत्य सुरु गरेकी थिइन् । 

हालसम्म शास्त्रीय संगीतमा  केरललाका कलामण्डलम हेमलताले १ सय २३ घण्टा ६ मिनेट नृत्य गरेर गिनिज बुकमा नाम लेखाएको रेकर्ड छ । कल्चरल नृत्यमा भने कसैले पनि गिनिज बुकमा नाम लेखाएका छैनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *