न्यायिक क्षेत्रमा अनियमितता र भष्ट्राचार गर्न कसैलाई छुट छैनः महान्यायाधिवक्ता खरेल

 

मंसिर १२, विराटनगर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक क्षेत्रमा अनियमितता र  भष्ट्राचार गर्न कसैलाई छुट नभएको बताएका छन् । 

उनले न्यायिक क्षेत्रको सरकारी सेवामा कार्यरत जोसुकैलाई सरकारले प्रदान गरेको सेवा सुविधा अपुग भए सरकारसँग माग गर्न सुझाव दिए । 

null

जिल्ला अदालत सरकारी वकिल कार्यालयको भवन शिलान्यास कार्यक्रममा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै महान्यायाधिवक्ता खरेलले भने, ‘न्यायिक क्षेत्रको सरकारी सेवामा कार्यरत जो जति सबै हुनुहन्छ, सरकारले दिएको सेवा सुविधामा सुन्तुष्ट भएर काम गर्नुहोस् ।’ 

साथै उनले यो क्षेत्रमा रहेर गैर कानुनी रुपमा काम गर्ने कसैलाई छुट नभएको बताए । 

महान्यायाधिवक्ता खरेलले सरकार विकृती र विसंगतीको विरुद्धमा रहेकाले सरकारी वकिलको कार्यालयलाई पनि विकृति र विसंगति रहित बनाएर व्यवसायिक कार्यालय बनाउन चाहेको बताए । 

उनले न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीको विषयमा सरकार र सांसदको ध्यान जानेमा आफू विस्वस्त रहेको बताए । 

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि जोशी र चोलेन्द्र शम्सेर राणाको नाम पठाएको थियो । 

महान्यायाधिवक्ता खरेलले ३ करोड १० लाखको लागतमा निर्माण हुने जिल्ला अदालत सरकारी वकिलको कार्यालयको भवनको शिलन्यास गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *