गरिमा विकास बैंकको रक्तदानमा ३६ पिन्ट रगत संकलन
२०७५ मंसिर ८ गते

मंसिर ७, विराटनगर । विराटनगरस्थित गरिमा विकास बैंकले रक्तदान कार्यक्रम गरेको छ । सो बैंकले आफ्नो १२ औं बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।
धरानरोडस्थित बैंक परिसरमा आयोजना गरिएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेको बैंकका शाखा प्रबन्धक रोशनकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटीका प्राबिधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारी सहित सर्वसाधारणले रक्तदान गरे । बार्षिकोत्सवको अवसरमा अन्य शाखाहरुमा समेत रक्तदान गरिएको जनाइएको छ ।
null
२०७५ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








