उपत्यकामा चार दिन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू हुंदै

काठमाडौं। सरकारले उपत्यकामा यातायातमा चार दिन जोर–बिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौंमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनका लागि सरकारले उपत्यकामा जोर–बिजोर प्रणाली लागू गर्ने भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले गृह मन्त्रालयको निर्देशनअनुसार १३ मंसिरदेखि लागू हुनेगरी १६ मंसिरसम्म जोर–बिजोर प्रणाली लागू गरिएको जनाएको छ । 

जोर–बिजोर प्रणालीसँगै १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारी मात्र सञ्चालन हुने भएका छन् भने १४ र १६ गते जोर नम्बर प्लेटका सवारीले मात्र सञ्चालन अनुमति पाउने भएका छन् । सवारीसाधनको अन्तिम अंकका आधारमा जोर–बिजोर प्रणाली लागू हुनेछ । 

null

महाशाखाले एसिया प्यासिफिक सम्मेलनमा विभिन्न राष्ट्रका अतिविशिष्ट र विशिष्ट व्यक्तिको सवारी आवागमनलाई व्यवस्थित बनाउन जोर–बिजोर प्रणाली लागू गरिएको जनाएको छ । 

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीसाधनमा भने जोर–बिजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ ।एसिया प्यासिफिक सम्मेलन आगामी १४ देखि १७ मंसिरसम्म काठमाडौंमा हुन गइरहेको छ । 

नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेत्री आङसान सुकी बिहीबार नेपाल आउँदै छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आउन लागेकी उनको भ्रमण सद्भावना भ्रमण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले पनि समिटमा भाग लिनेछिन् । समिटमा भाग लिन अन्य देशका अति विशिष्ट तथा विशिष्ट पाहुना पनि बिहीबारदेखि नै नेपाल आउने कार्यक्रम छ । 

सरकारले यसअघि पनि विशिष्ट पाहुनाको आवागमनको समयमा जोर–बिजोर प्रणाली लागू गरेको थियो ।काठमाडौंमा सम्पन्न सार्क शिखर सम्मेलन र बिम्स्टेक सम्मेलनको समयमा पनि जोर–बिजोर प्रणाली लागू गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *