ठमेलको चाइनिज रेष्टुरेन्टमा कोठा खोज्न पुगेकी युवती बलात्कृत

मंसिर १२, काठमाडौं । ठमेलको चाइनिज रेष्टुरेन्टमा युवती बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 

काठमाडौं–२७, ठमेलमा रहेको क्वासी चाइनिज होटल एण्ड रेष्टुरेन्टमा २२ वर्षीया युवती बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका हुन् । रेष्टुरेन्टमा कोठा खोज्न पुगेकी पीडित युवती बलात्कृत भएकी हुन् । पीडित युवतीले बलात्कृत भएको जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय विराज गुरुङ, काभ्रेका १७ वर्षीय सोम तामाङ लगायत छन् । अन्यको नाम भने खुलाइएको छैन । घटनास्थल नजिक रहेका तथा जबरजस्तीकरणीको प्रयास गर्ने थप तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

null

थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *