राष्ट्रपतिलाई गाडी किन्न वीरगन्जमा चन्दा उठ्याे साढेचार सय !

वीरगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी किन्ने सरकारको निर्णयलाई ब्यंग्य गर्दै रकम अपुग भएको भनी वीरगन्जमा शनिबार विधार्थीहरुले सर्वसाधरण र व्यपारीहरुसँग चन्दा उठाएका छन् । 

राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्ने सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेका बेला शनिबार वीरगन्जमा भने विधार्थीहरुले राष्ट्रपतिको गाडी खरिदका लागि सरकारलाई सहयोग गर्न भन्दै चन्दा मागेर सरकारको निर्णयको विरोध जनाएका हुन् । 

नेपाली कांग्रेसको विधार्थी संगठन नेविसंघ लगायत संगठनको नेतृत्वमा यसरी रकम संकलन गरिएको हो । उनीहरुले घण्टाघरदेखि माइस्थान चोकसम्मका पसलहरुमा पुगेर राष्ट्रपतिको गाडीका लागि रकम मागेका छन् । 

null

चन्दा मागेर संकलन भएको रकम साढे चार सय रुपैयाँ आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री केपी ओलीलाई पठाउने नेविसंघका क्षेत्रीय अध्यक्ष विकास तिवारीले जानकारी दिए । 

‘दुर्गम क्षेत्रमा सर्वसाधरण जनता हिड्ने बाटो बन्न सकिरहेको छैन, सरकारले राजमार्गका खाल्डाखुल्डी पुर्न सकेको छैन तर जनताले तिरेको करबाट राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गरिँदैछ,’ नेविसंघका केन्द्रीय सदस्य बद्री तिवारी बताए । 

सरकारको जनतामारा निर्णयको विरुद्धमा सांकेतिक विरोध स्वरुप राष्ट्रपतिको गाडीका लागि जनतासँग चन्दा र भिख मागेको नेविसंघका नेताहरुले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =