सप्तरीमा बस दुर्घटनामा पाँचकाे मृत्यू, दर्जनाै घाइते
मकालु खबर
२०७५ मंसिर ८ गते
७ मंसिर, सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा पाँच जनाकाे मृत्यू भएकाे छ । सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका-१० इनरुवामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भने डेढ दर्जनभन्दा बढी घाइते भएका छन् ।
सुनसरीकाे बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रुहरु सवार को १ ख २७९९ नम्बरको बस पल्टिएको हो । उनीहरू सप्तरीकाे हैराहा, पातो र गोविन्दपुरबाट मेला भर्न सुनसरीको बराहक्षेत्रबाट फर्किने क्रममा दुर्घटना भएको हो ।
दुर्घनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । डेढ दर्जन घाइते भएका छन् । अधिकांशको अवस्था गम्भिर रहेको डीएसपी भावेश रिमालले जानकारी दिए । घाइतेकाे उपचारका लागि राजविराज, विराटनगर लगिएकाे छ ।
null
मकालु खबर
२०७५ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित