कपिलवस्तुमा एक युवकको गोली हानी हत्या

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय युवा राजाबाबु भनिने दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या भएको छ ।  

नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा राती झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो । टाउकोमा गोली लागेको उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  

चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको छ । हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *