आप्रवासमाथि ट्रम्पले दिएकाे आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

मंसिर ४, वासिङ्टन । एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको सुरूमा राष्ट्रिय सुरक्षाको मामिला भन्दै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गरेका थिए । मध्य अमेरिकी आप्रवासीहरुको ठूलो समूह मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अघि बढेसँगै राष्ट्रपति ट्रम्पले सीमामा सैनिक परिचालन गर्नुका साथै उक्त आदेश जारी गरेका थिए । 

सानफ्रान्सिस्कोमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएका हुन् । राष्ट्रपतिको कार्यकारी आदेश आएलगत्तै अमेरिकी मानव अधिकारवादी समूहहरुले राष्ट्रपतिको आदेशविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । 

null

अमेरिकी नागरिक स्वतन्त्रता युनियनले आप्रवासीका रुपमा अमेरिका प्रवेश गर्न चाहने जोकोही व्यक्तिले आवेदन गर्न पाउने अधिकार रहेको बताएको छ । यस्तो अधिकार सीमामा आएका वा गैरकानुनी रुपमा देशभित्र प्रवेश गरिसकेको दुवै अवस्थामा कार्यान्वयन हुनेछ । 

ट्रम्प प्रशासनका तर्फबाट खटिएका वकीलहरुले राष्ट्रिय सुरक्षामा चुनौती देखिएकाले आप्रवासनलाई नियन्त्रण गर्न कार्यकारी शक्तिको प्रयोग गर्नुपरेको तर्क गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *