सामाजिक सुरक्षा दिवसलाई प्रधानमन्त्री ओलीले नयाँ युग सुरुवातको सङ्ज्ञा दिए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक सुरक्षा दिवसलाई नयाँ युगको सुरुवातको सङ्ज्ञा दिएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताए।  

आजको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । त्यसैगरी, आजबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । 

अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागु गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले सन्देशमा स्मरण गरे। 

null

“श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबाट प्रवेश गर्दैछौँ” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।  

उनले सबै देशवासीहरूलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामना समेत व्यक्त गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *