रवि लामिछानेलाई ज्यान मार्ने धम्की, २४ घण्टा भित्र सिध्याउने दलालको चेतावनी

मंसिर १२, काठमाडौं । रोजगारीको लागि आयरल्याण्ड पठाउने बहानामा लाखौं ठग्ने कमल न्यौपानेले न्यूज २४ का कार्यक्रम सञ्चालक रवि लामिछानेलाई ज्यान मार्ने धम्की दिएका छन् । 

बैदेशिक रोजगारीमा ठगी गर्दै आएको उनको गिरोहको विषयमा यस अघिको सिधा कुरा जनतासँग कार्यक्रममा रिपोर्टिङ गरेको भन्दै न्यौपानेले कार्यक्रम सञ्चालक लामिछानेलाई नै फोन गरेर जेपनि गर्न सक्ने धम्की दिएका हुन् । 

कमलले पीडित युवाहरुले पैसा माग्दा आफु गृहमन्त्रीको मान्छे भएको भन्दै धम्काउने गरेको थियो। कमल न्यौपानेले बागलुङका नविन हमाल, दिपक ढकाल, अशोक खत्री, पोखराका एक गुरुङ लगाएत धेरै जनालाई आयरल्याण्डको नक्कली भिषा थमाउँदै लाखौं खाइदिएका थिए । 

null

उनले पैसा फिर्ता माग्दा पिडितहरुलाई आफू गृहमन्त्रीको मान्छे भन्दै धम्काउँदै हिँड्ने गरेका थिए । कार्यक्रम सिधाकुरा जनतासँगमा उक्त विषयमा रिपोर्ट प्रशारण गरेपछि उनले लामछिाने लगायत उनको टीमलाई नै ज्यान मार्ने धम्की दिएको कार्यक्रममा लामिछानेले बताएका छन् । 

कमलले एनसेलको मोबाइल नम्बर ९८१०८९८२३४ बाट फोन गर्दै प्रमाण नहेरी रिपोर्ट बनाएको भन्दै सिध्याउने धम्की दिएका हुन् । यति मात्रै होइन, उनले एक अर्को भारतीय व्यक्तिलाई कुरा गर्न लगाएर २४ घण्टा हेर भन्दै ज्यान मार्ने धम्की दिएका छन् । धम्की विरुद्ध सिधाकुरा जनतासँगको टीमले कानुनी कारवाहीका लागि केन्द्रीय अनुसन्धान व्युरो सिआइबीमा उजुरी गरिसकेको बताएको छ । 

प्रमाण नभई रिपोर्ट प्रशारण गरेको भन्ने कमल न्यौपानेले ठगी गरेको बिषयमा अपराध महाशाखा टेकुमा समेत उजुरी परेको छ । उनले आयरल्याण्डको नक्कली भिषा देखाएर ठगेको भन्दै नबिन हमाल, धनबहादुर डाँगी, योग गुरुङ, भानु पराजुली लगायतले उजुरी गरेका छन् । 

कमलले अर्घखाँचीका भानु पराजुलीलाई दुबई पुर्याएर आयरल्याण्डको नक्कली भिषा देखाएर पटक–पटक गरी १० लाख ३२ हजार लिएका छन् । 

अर्घखाँचीकै शैलेन्द्र केसीलाई समेत कमलले पहिले पोर्चुगल लग्ने भन्दै पैसा लिएपनि पछि आएर ल्याण्डको काम छिटो हुने भन्दै पटक–पटक उनीबाट पनि १० लाख ३२ हजार लिएका छन् । उनीहरु दुबैको हातमा अहिले नक्कली भिषा छ । सुर्खेतका धनबहादुर डाँगीबाट समेत उनले आयरल्याण्ड लैजाने भन्दै ८ लाख बढी लिएका छन् । उनीहरुले कमल कुमार गौतमको बैक अफ काठमाडौंको बैंक खातामा रकम जम्मा गरेका छन् । 

यस बाहेक केही अन्य व्यक्तिको नाममा हाल्न लगाउने तथा धेरैजसो रकम डलरमा साट्न लगाएर क्यास नै लिने गरेका रहेछन् । सबै जनालाई कमल कुमार न्यौपानेले दुबईमा आयरल्याण्डको लागि फिंगरिङ लिनु पर्ने भन्दै खाली कागजमा हस्ताक्षर गराएका थिए । 

अहिले त्यही कागज तिमीहरुको तमसुक हो भन्दै उल्टो पैसा तिर्नुपर्ने भनिरहेका छन् । कमल कुमार न्यौपानेसँगै खेम गुरुङ र प्रदीप भनिने प्रतिक शर्मा समेत यो गिरोहमा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *