वीपी प्रतिष्ठानमा ‘साईन्याप्स’ कार्यक्रम हुँदै

मंसिर ११, धरान । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ‘साईन्याप्स’ कार्यक्रम हुने भएकाे छ । प्रतिष्ठानका विद्यार्थीहरूले नेपालभरका मेडिकल विद्यार्थीहरुबीच मित्रता र अनुभव आदान प्रदान र प्रतिभा पहिचान गर्ने उद्देश्यले हरेक वर्ष अायाेजना गर्दै अाएकाे ‘साईन्याप्स’ कार्यक्रम अाउँदाे मंसीर २९ बाट हुने भएको छ। 

 

मंसीर २९ देखि पुस ७ सम्म चल्ने ‘साईन्याप्स २०१८’ कार्यक्रममा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरू भित्र रहेका विविध प्रतिभा प्रस्तुत गरिने भएकाे छ । कार्यक्रममा खेलकुद, साहित्यिक र सांस्कृतिक कार्यक्रम हुने बतार्इएकाे छ । प्रतिष्ठानका विद्यार्थीले सन् २००६ देखि ‘साईन्याप्स’ सुरू गरेका थिए । 

null

‘साईन्याप्स’ मा फुटबल, क्रिकेट, बास्केटबल, भलिबल, टेबल टेनिस, फुटसल, क्रिक्सल, चेस, एथ्लेटिक्स र मोबाईल तथा कम्प्युटर गेमहरुको प्रतिष्पर्धा हुने तय गरिएकाे छ । भने, साहित्यिक कार्यक्रम तर्फ वादविवाद, क्विज, निबन्ध लेखन, फोटोग्राफी, पेन्टिङ, सर्ट स्टोरी लेखन, हिज्जे प्रतियोगिता, वक्तृत्वकला, समिक्षा लेखन र स्ल्याम कविता राखिएका छन् । 

वीपी प्रतिष्ठानमा हुने ‘साईन्याप्स’ मा प्रत्येक दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रम हुनेछन्। जहाँ विद्यार्थीहरूले ब्यान्ड ब्याट्ल, नृत्य र गायन प्रतिष्पर्धा तथा फेशन शो मा सहभागिता जनाउने छन् । । कार्यक्रमकाे आठौं दिन गायक सविन राईको सांगीतिक प्रस्तुति रहेकाे अायाेजकले जनाएका छन् । हरेक वर्ष अायाेजना हुने कार्यक्रममा देशभरका सयाैं विद्यार्थीकाे सहभागिता रहने गरेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *