ठमेलका रेष्टुरेन्टबाट ३५ बालबालिकाको उद्धार, तीन सञ्चालक पक्राउ

कात्तिक २८, काठमाडौँ । महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । 

महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’ अन्तर्गत १८ वर्षभन्दा कम उमेरका (१२ देखि १५ वर्ष सम्मका २७ बालिका र ८ बालक) बालबालिकाको उद्धार गरिएको हो । वृत्तले बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई समेत पक्राउ गरेको छ । 

प्रहरीले बेबो डान्सबार सञ्चालक नवीन गुरुङ तथा युनिक डान्सबारका सञ्चालक विश्व श्रेष्ठ र राजु लामालाई पक्राउ गरेको हो । 

null

विभिन्न डान्सबारमा मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरी उनीहरुलाई मनोपरामर्श दिएर अभिभावकको जिम्मा लगाइएको वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । 

पक्राउ परेका सञ्चालकहरुलाई भने बालबालिका ऐन–२०७५ अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *