भावी प्रधानन्यायाधीशमा दीपकराज जोशी र चोलेन्द्र शमशेर जबरा

मंसिर ११, काठमाडौँ । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस भएको छ । 

न्याय परिषदले भावी प्रधानन्यायाधीशमा दीपकराज जोशी र चोलेन्द्र शमशेर जबाराको नाम सिफारिस गरेको हो । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले दीपकराज जोशी र चोलेन्द्र शमशेरको नाम संवैधानिक परिषदमा पठाएका हुन् । 

हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस १७ गतेबाट अवकाश पाउँँदैछन् । संविधानअनुसार संवैधानिक अंगका पदाधिकारीको नियुक्ति सिफारिस एक महिनाअघि नै गर्नुपर्ने भएकाले रेकर्ड पठाइएको हो । 

null

संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका तीन जना न्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । यस पटक तीनवर्षे कार्यभार पूरा गरेका दुई जना न्यायाधीश मात्रै भएका कारण दुई जनाको मात्रै सिफारिस गरिएको हो। 

जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय विशेष सुनुवाइ समितिले अस्वीकार गरेका व्यक्ति हुन्। कैफियतमा पनि उनी संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएको जनाइएको छ । 

जोशी यसअघि नै अस्वीकृत भइसकेको र उनको बारेमा थप सुनुवाई नहुने हुँदा भावी प्रधानन्यायाधीमा चोलेन्द्र शमशेर जवारा पक्काजस्तै देखिएको छ । 

अबको केही दिनमै संवैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशको टुंगो लगाउने छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *