सेलिब्रेटी ट्राफिक प्रहरी सिताराम अब सडकमा देखिने छैनन

मंसिर १२, काठमाडौं । ट्राफिक प्रहरी सिताराम हाथेछुलाई राजधानीमा कसले नचिन्ला र ? ट्राफिक प्रहरी, सवारी चालक देखि सर्वसाधारण माझ समेत सेलिव्रेटि बनेका प्रहरी निरिक्षक हाथेछु अब भने सडकमा देखिने छैनन । 

 

उनले आजबाट आफ्नो २९ वर्षे सेवाबाट अवकाश पाएका छन् । ट्राफिक प्रहरी कार्यालय ललितपुरमा प्रहरी निरिक्षकमा कार्यरत उनले २९ वर्षे सेवा अवधिमा राजधानीको ट्राफिक ब्यवस्थापनमा निक्कै ठूलो काम गरेका थिए । 

null

असई पदबाट सेवामा प्रवेश गरेका हाथेछुलाई उनका कार्यलयका सहकर्मीहरुले आज बिदाइ पनि गरे । भक्तपुर घर भएका हाथेछुले अवकाशका दिनहरु बिभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना कक्षा लिएर ब्यतित गर्ने योजना बनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *