महिलामाथि दुर्व्‍यवहार गर्ने प्रहरीलाई कारबाही गर्न मन्त्रीको अादेश

मंसिर ७, काठमाडौँ । महिलालाई कुटपिट गर्ने तथा दुर्व्‍यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिइएको छ । 

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले महिलाहरूमाथि दुर्व्‍यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । 

सशस्त्र प्रहरीका केही जवानले बिहीबार साँझ वीरगन्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसारपसार गरेको अभियोगमा केही महिलाहरूलाई महिलाहरुलाई लछार–पछार गरी दुर्व्‍यवहार गरेका थिए । 

null

त्यसलगत्तै सामाजिक सञ्जालमा यसको चौतर्फी विरोध र आलोचना भएपछि सशस्त्र प्रहरीका उच्च अधिकारीलाई टेलिफोन गरी उनले महिलाहरुमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् । 

राज्यका कुनै पनि निकायमा कार्यरत राष्ट्रसेवक सुरक्षाकर्मीबाट यस्ता खालका अराजक गतिविधिको परिकल्पना नगरेको भन्दै मन्त्री यादवले घटना अत्यन्त अमानवीय, अमर्यादित र आपत्तिजनक रहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =