महानगरपालिकाका विज्ञ इन्जिनियरलाई १० महिना कैद, १ करोड जरिवाना

मंसिर १२, पोखरा । पोखरा महानगरपालिकाका विज्ञ इन्जिनियर भरत पहारीविरुद्ध एक करोड रुपैँया जरिवाना र १० महिनाको कैद सजाय फैसला भएको छ। 

 

पुल्चोक इन्जिनियर कलेजका तत्कालीन प्राध्यापक रहेका उनीविरुद्ध सोमबार विशेष अदालत्ले यस्तो फैसला गरेको हो। अकूत सम्पति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ साउन २४ मा चार करोड रुपैयाँ भन्दा धेरैको बिगो दाबी गर्दै विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो। 

null

उच्च अदालतका बरिष्ठ न्यायधीश बाबु राम रेग्मीको नेतृत्वमा न्यायधीश रत्नबहादुर बागचन्द र चण्डिका ढकालको इजालसले ९८ लाख ९३ हजार रुपैयाँको स्रोत नखुलेको भन्दै कैद तथा जरिवानाको फैसला सुनाएको हो । 

पोखरा महानगरको मापदण्ड निर्धारण समितिका संयोजक समेत रहेका पहारीले आफैँले मापदण्ड मिचेर लेकसाइडमा साततले घर ठड्याइरहेका छन्। उनकी श्रीमती बिरुद्ध पनि अकूत सम्पति कमाएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *