समुन्द्रमाथि बनाइएको विश्वकै लामो पुल बुधबारदेखि खुल्दै

कात्तिक ६, काठमाडौँ । विश्वको सबैभन्दा लामो सामुद्रिक पुलको मंगलबार उद्धघाटन गरिएको छ । 

समुद्रमाथि बनाइएको विश्वकै लामो पुलको चिनियाँ राष्ट्रपति सि जिनपिङले मंगलबार औपचारिक उद्घाटन गरेको समाचार संस्था एएफपीले जनाएको छ । सार्वजनिक प्रयोजनका लागि भने बुधबारदेखि यो पुल खुला गरिनेछ । 

आतिशबाजीसहितको विशेष कार्यक्रमका बिच राष्ट्रपति सि ले हङकङ–मकाउ–चुहाई जोड्ने किर्तिमानधारी पुलको औपचारिक उद्घाटन भएको घोषणा गरेका हुन् । 

null

 

हङकङ–मकाउ–चुहाई जोड्ने ७ किलोमिटर सामुद्रिक सुरङसहित ५५ किलोमिटर लामो पुल बनाउन हङकङको मात्रै १२० अर्ब हङकङ डलर खर्च भएको जनाइएको छ । निर्माण शुरु भएको ९ वर्षपछि सञ्चालनमा आउन लागेको यो पुलको आयु १२० वर्ष तोकिएको छ । 

 

यो पुल सञ्चालनमा आएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ घण्टा सडकमार्गबाट पुगिने मुख्यभूमी चीनको चुहाई ४५ मिनेटमै पुग्न सकिने छ। त्यसैगरी फेरि भन्दा कम समयमा हङकङ जस्तै अर्को विशेष प्रशासनिक क्षेत्र मकाउ पुग्न सकिने छ। 

भूकम्प र समुद्री आँधी प्रतिरोधात्मक संरचनामा यो पुल बनाइएको दाबी गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *