कपिलबस्तुका स्थानीय तहबाटै मतदाता नामावली संकलन सुरु

कपिलबस्तु, साउन १७ । कपिलबस्तुका १० वटै स्थानीय तहबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु भएको छ । विदेशमा रहेका कारण यसअघि मतदाता नामावलीमा नाम समावेश नगराएका, उमेर पुगेका, विविध कारणले छुटेकाहरुले यसपटक आफ्नो नाम लेखाउन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयसंगै जिल्लाका सबै तहमा नामावली संकलन गरिएको छ । निर्वाचन आयोगले साउन १ गते देखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यलयमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने बताए पनि राजनीतिक दलको सहमतीका आधारमा स्थानीय तहबाट पनि नाम दर्ता गर्न सकिने निर्णय भएको हो ।

सोहि निर्णय बमोजिम कपिलवस्तुका दश बटै स्थानीय तहबाट फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य सुरु भएको जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका अनुसार आज बिहान सम्ममा ५ हजार ५ सय ६२ जनाले नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *