अबैध लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

बिष्णु जोशी, धनगढी ।
कैलाली प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले कैलालीमा अबैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा कैलालीको गौरीगंगा नगरपालिका ४ का २४ वर्षीय लक्की (उपनाम) भन्ने लालबहादुर साउँदलाई गोदावरी नगरपालिका २ को अत्तरिया बजारबाट नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ ।

सावदबाट सेतो प्लास्टिकमा राखिएको १०० ग्राम लागूऔषध (ब्राउन सुगर) बरामत गरेको प्रहरीले जानकारी दिएको  हाे । साउँदलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि कैलाली प्रहरीले  नियन्त्रणमा  लिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *