स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा भरत रानाभाट निर्वाचित

असाेज १२, काठमाडाैं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा भरत रानाभाट विजयी भएका छन् ।

सेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालको भर्खरै सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वि राजकुमार तिमिल्सिनालार्इ पराजीत गर्दै रानाभाट विजयी भएका हुन् । उनी दुर्इ वर्षका लागि एशाेसिएशनकाे अध्यक्ष भएका हुन् ।

दिउसाे अवेरसम्म सर्वसम्मत नेतृत्व ल्याउने प्रयास भएपनि असफल भएपछि साँझ मतदान भएको थियो । निर्वाचनमा विजयी रानाभाटले २९ मत हासिल गरे भने, तिमिल्सिनाले १८ मात मात्र प्राप्त गरेका छन् ।

एशाेशिएसनकाे अन्य पदहरू सर्वसम्मत भयाे । एशोसिएसनको उपाध्यक्षमा टंकप्रसाद गौतम भए भने, महासचिवमा धर्मराज सापकोटा सर्वसम्मत भए ।

यस्तै सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधि भुषाल निर्विरोध भए । कार्यसमिति सदस्यहरुमा सञ्जिला अर्याल, फडिन्द्र ढकाल, सन्दिप चाचन, सुमन गौतम र रमनदेव पन्त सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fourteen =