कैलाश विकास बैंकले शेयरधनीलाई १७ प्रतिशत लाशांश प्रस्ताव
२०७४ जेठ १५ गते

“
असोज १०, काठमाडौं । कैलाश विकास बैंकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।
बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७४/०७५ को मुनाफाबाट १७ प्रतिशत मुनाफा वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले शेयरधनीलाई २ अर्ब ५२ करोड ६ लाख ३६ हजारको १७ प्रतिशतका दरले हुन आउने ४२ करोड ८५ लाख ८ हजार १ सय २० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
त्यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट स्विकृत लिइ आउँदो २५ औं वार्षिक साधारण सभामा प्रस्ताव गर्ने निर्णय गरेको बैंकका कम्पनी सचिब प्रकृतिराज तिमिल्सिनाले जनाएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








