मोबाइल फोनले यसरी घटाउँदैछ पुरुषको प्रजनन् क्षमता

“
प्रजनन् विज्ञहरुले पुरुषहरुलाई मोबाइल फोनको लत नबसाल्न आग्रह गरेका छन् । दैनिक एक घण्टाको प्रयोगले पनि शुक्रकिटको गुणस्तर घट्ने र प्रजनन् क्षमतामा ह्रास आउने चेतावनी समेत दिएका छन् ।
नयाँ अनुसन्धानका अनुुसार मोबाइललाई अण्डाशयको नजिक राख्नाले शुक्रकिटको तहमा व्यापक ह्रास आउँछ ।
मोबाइललाई पाइन्टको गोजीमा राख्ने पुरुषहरुमा अन्य पुरुषको तुलनामा ४७ प्रतिशत असर पारेको अनुसन्धानले देखाएको छ । टेक्निअन युनिभर्सिटीकी प्राध्यापक मार्था डर्नफिल्डले भनिन्, ‘हामीले बीर्यमा भएको सक्रिय र स्वस्थ शुक्रकिटको गुणस्तरको अध्ययन गरेका थियौँ, जुन घटेको पाइयो । यो मोबाइलका कारण शुक्रकिट तातेर तथा विद्युुतिय चुम्बकीय गतिविधिका कारणले हो भन्ने हाम्रो बुझाइ छ ।’
उनका अनुसार मोबाइल चार्जमा राखेर दैनिक कुराकानी गर्नाले अझ धेरै प्रजनन् क्षमता घट्ने सम्भावना हुन्छ । त्यस्तै राती सुत्दा बेड नजिकै मोवाइल फोन राख्दा समेत त्यसको असर देखिन्छ जसको कारणले स्पर्म संख्यामा कमी आउन सक्छ ।
यसै सम्बन्धमा एक इजरायली बैज्ञानिकहरुको समूहले यसको अनुसन्धान गरेको थियो । सो अनुसन्धानले पनि मोवाइल फोनबाट निस्कने ताप तथा इलेक्ट्रो म्याग्नेटिक रेडियसनले स्पर्मलाई मार्ने हुनाले प्रजनन क्षमतामा ह्रास आएको देखाएको थियो । रिप्रोडक्टी बायोमेडिसिनमा प्रकाशित यो अध्ययनले मोबाइल फोनको बढ्दो प्रयोग र घट्दो प्रजनन क्षमताबीचको सम्बन्ध उजागर गरेको छ ।
एजेन्सी
“








