इलाममा गीत शिविर तथा गोष्ठी हुने
२०७४ जेठ १५ गते

“
असोज ६, काठमाडौं । गीतकार सङ्घ नेपालले प्रदेश एकको सुन्दर नगरी इलाममा गीत शिविर तथा बृहत् विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।
असोज ११ गते इलाम नगरपालिकामा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईद्वारा उद्घाटन हुने उक्त गोष्ठीमा प्रदेशका सबै जिल्लाका प्रतिनिधि गीतकारका साथै भारतका सिक्किम, दार्जिलिङ र खर्र्साङबाट पनि सहभागिता रहने संघका महासचिव शुभ मुकारुङले जानकारी गराए ।
दुई दिनसम्म चल्ने उक्त गोष्ठीमा समालोचक महेश पौडेलले गीत लेखनको वर्तमान अवस्था र व्यावसायिकताका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नेछन् । इलाम नगरपालिकाको सहकार्यमा आयोजना हुने गोष्ठीमा वरिष्ठ गीतकार रत्नशमशेर थापा, एस्पी कोइराला लगायतको आतिथ्य रहने सङ्घले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








