सरकारले वृद्धभत्ता नबढाउने, ६ महिना नपुगि पुरक बजेट पनि नआउने

काठमाडौँ, असोज २ । सरकारले वृद्धभत्ता नबढाउने भएको छ । पुरक बजेट ल्याएर भए पनि वृद्धभत्ता ५ हजार पुर्याउने हल्ला झुट भएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खतिवडाले यस्तो जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भने, ‘पुरक बजेट ल्याउनै परे अर्धवार्षिक समिक्षापछि आउने हो, अहिले पुरक बजेटको सम्भावना छैन, सरकारले यो विषयमा छलफल समेत गरेको छैन ।’

तत्कालीन एमाले र माओवादीको संयुक्त चुनावी घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने उल्लेख थियो ।

तर पछि आफ्नै सरकारको बजेटमा समेत यो व्यवस्था समेटिएको थिएन । केही दिनअघि चारदिने भारत भ्रमणमा गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पुरक बजेट ल्याएर भए पनि वृद्धभत्ता ५ हजार पुर्याउने दाबी गरेका थिए ।

कार्यक्रममा अर्थसचिव राजन खनालले पनि पुरक बजेटबारे संविधानमै स्पष्ट व्यवस्था भएको र संविधानमा उल्लेख भएको अवस्था अहिले सृजना नभएकोले पुरक बजेट नआउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =