मनाङले नाइजेरियन प्रशिक्षक, अफ्रिकन खेलाडी भित्र्यायो

“काठमाडौं, असोज २ । यही असोज १३ गतेदेखि शुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई लक्षित गर्दै मनाङ–मस्र्याङ्दी क्लबले नाइजेरियाका प्रशिक्षक नियुक्त गरेको छ । मनाङले नाइजेरियाका प्रशिक्षक फुजा तापेलाई क्लबमा नियुक्त गरेको हो ।

मनाङका महासचिव मुखिया लामाले नाइजेरियाका प्रशिक्षकलाई क्लबमा ल्याइएको बताए । सम्झौताको रकम भने खुलाइएको छैन ।

तापेले सन् २००५ मा काठमाडौंको सरस्वती युथ क्लबलाई प्रशिक्षण दिएका थिए । मनाङले केही दिनअघि अफ्रिकी खेलाडीसमेत क्लबमा ल्याइसकेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =