नेपाल फिजीकलको वार्षिक कार्यक्रममा वृद्धवृद्धालाई कम्बल, पत्रकारलाई सम्मान

धरान, भदौ ३१ । नेपाल फिजीकल ट्रेनिङ एशोसिएसन क्षेत्रीय कार्यालय धरान सुनसरीले आफ्नो वार्षिक कार्यक्रममा धरानकुटामा रहेका वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गर्नुका साथै धरानका पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ ।

आज सोमबार धनकुटा नगरपालिका वडा नं ९ तमोर घाटमा रहेको विश्राति आश्रममा एक कार्यक्रमको आयोजना गरी आश्रममा आश्रित ५० जना वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण र धरानलाई आफ्नो कर्मथलो बनाई पत्रकारीता गर्दे आएका पत्रकारहरुलाई सम्मान कार्यक्रम गरेको हो ।

सम्मानीत हुनेहरुमा अग्रज पत्रकार हर्ष सुब्बा, किशोर कार्की, गोपाल देवान रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी संघीय प्रहरी ईकाई कार्यालय धरानका एसएसपी सरद कुमार खत्रीले खदा, टीका टोपी र जनही नगद १५ हजारले सम्मान गरिएको हो ।

त्यस्तै सम्मानित हुने अन्य पत्रकारहरुमा नागरिक दैनिकका संवादाता रोहित राई, औजार दैनिकका रणध्वज लोहार, गण्तन्त्र एफएमका भरतराज शर्मा, कान्तिपुरका प्रदिप मेयाङवो, न्युज २४ का सन्तोष काङ्खले, मर्निङ टाईम्स दैनिकका सुम्नीमा चाम्लिङ राई, फोटो पत्रकार विकास राई तथा रेडियो धरानका शिशिर राई रहेका छन् ।

उनीहरुलाई जनही नगद १० हजार खदा तथा ढाका टोपीले सम्मान गरिएको थियो । नेपाल फिजीकल ट्रेनिङले आफ्नो वार्षिक कार्यक्रममा कुनै न कुनै समाजिक कार्य गर्दे आएको र यस वर्ष पनि निरन्तरता स्वरुप सो कार्यक्रम गरी न्यानो कम्बल तथा पत्रकारहरुलाई सम्मान गर्न सकेको एशोसिएशनका क्षेत्रीय अध्यक्ष पर्वत राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seven =