स्वयम्भूमा फुटपाथ हटाउन गएका नगर प्रहरीमाथि हातपात !

काठमाडौँ, भदौ ३१ । फुटपाथ हटाउनका लागि खटिएका नगर प्रहरीमाथि कुटपिट भएको छ । स्वयम्भूको हलचोकमा फुटफाथ हटाउने क्रममा झडप हुँदा नगरप्रहरीमाथि कुटपिट भएको हो ।

महानगर प्रहरी निरीक्षक पूर्णचन्द्र भट्टको कमाण्डमा स्वयम्भू हलचोकमा रहेको फुटपाथ हटाउने क्रममा झडप हुँदा प्रहरी कुटिएका हुन् ।

करिब एक सय ५० जनाको समूहले फुटपाथ हटाउन गएका नगर प्रहरीमाथि हातपात गरेको महानगरीय प्रहरीले जनाएको छ ।

उक्त समूहको आक्रमणबाट नगर प्रहरीका हवल्दार इन्दिरा कार्की, प्रयास घिमिरे घाइते भएका छन् भने घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । सिजन बजगाईं, राजु श्रेष्ठ र उद्धवप्रसाद बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =