निर्मलालाई न्याय दिलाउन #justic for Nirmala अभियान देशभर

भाद्र ३०, काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कैलालीकी १३ वर्षिय निर्मला पन्तलाई न्याय दिलाउन देशभर अभियान सुरु भएको छ । प्रहरीकै संरक्षणमा अपराधीलाई उन्मुक्ति दिने खेल भइरहेको भन्दै देशभर उनलाई न्याय दिलाउन #justic for Nirmala, #RageAgainstRape अभियान स्वर्तस्र्फूत चलेको छ ।

कैलालीबाट सुरु भएको यो अभियान यतिबेला पूर्व मेचीदेखि महाकालीसम्म फैलिएको छ । विद्यार्थी, युवायुवतिहरु निर्मला पन्तका हत्यारालाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सडकमा उत्रिएका छन् । आज शनिबार देशका विभिन्न भागमा स्वर्तस्फूर्त निर्मला पन्तका पक्षमा ऐक्यवद्धता जुलुस निकालिएको छ ।

आज विहान ८ बजेबाट सुरु भएको यो अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, नुवाकोट, उदयपुर, पर्सामा समेत स्वतस्फुर्त उठेको छ । यसैगरी, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, कास्की, बाँकेसम्म फैलिएको छ ।

राजधानीमा पनि विद्यार्थीहरुले स्वतस्फुर्त यो अभियान सुरु गरेका छन् । अपरान्ह माइतिघर मण्डलामा भेला भएका विद्यार्थी, नागरिक अधिकारकर्मी तथा महिला अधिकारकर्मीहरुले ‘बलात्कारीलाई फाँसी दे, निर्मला पन्तलाई न्याय दे, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी जस्ता नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

निर्मलाका लागि न्याय खबरदारीमा बालबालिका देखि बृद्धबृद्धाहरुको समेत स्वतस्फुर्त सहभागिता रहेको छ ।

गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो । घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन नसकेपछि देशभर प्रहरी प्रशासन र सरकारकै विरुद्धमा नागरिकहरु सडकमा उत्रिएका हुन् ।

निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी न्याय माग्दै कञ्चनपुरबाट काठमाडौं नै आउनुपरेको छ । हिजो शुक्रबार संघीय संसदमा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले हत्याका दोषी छिट्टै कानूनी कठघरामा आउने जानकारी दिएतापनि हत्यारा पत्ता लगाउन प्रहरी र सरकारको सक्रियता देखिएको छैन ।

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =