धरान १५ मा नयाँ अस्थायी प्रहरी भवन बन्दै

भाद्र ३०, धरान । धरान स्थित वडा नं. १५ मा अस्थायी प्रहरी चौकीबन्ने भएको छ । शुक्रबार धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले अस्थायी प्रहरी चौकीको भवन भवन शिलान्यास गरिन् ।

हाल भइरहेको अस्थायी प्रहरी चौकी साँघुरो भएकोले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न नसकिएकोले नयाँ भवन निर्माण गर्न लागिएको १५ नं. वडा कार्यालयका अध्यक्ष नरेश इंवारमले बताए ।

नयाँ भवन ६ कोठाको रहनेछ । भवनमा प्रहरीका लागि भान्साकोठा, थुनुवा कोठा, प्रशासनिक कोठा रहने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हिमाल दाहालले बताए ।

१३ लाखको लागतमा सम्पन्न हुने भवनको लागि स्थानीयबाट आर्थिक सहयोग संकलन गरिने छ । अहिलेसम्म ३ लाख भन्दा बढी रकम संकलन भइसकेको उपभोक्ता समितिका अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =