महिला शसक्तिकरणका लागि सडक नाटक मेरो समर्थन उनलाई “सही हो”

कैलाली, भदौ २९ । महिला शसक्तिकरण विषयमा जनचेतना मुलक सडक नाटक सही हो, कैलालीमा शुरु भएको छ ।

इक्वल एक्सेस नेपालको आयोजनमा सप्ताहब्यापी सडक नाटक मेरो समर्थन उनलाई “सही हो” बुधबारदेखि कैलालीमा शुरु भएको हो । पहिलो दिन घोडाघोडी नगरपालीका २ साडेपानी र गौरीगंगा नगरपालीका ९ मसुरीयमा र दोस्रो दिन बर्दगोरीया गाउँपालिका–२ सडकपुर र लम्की चुहा नगरपालिका ७ खरौलामा सडकनाटक प्रस्तुत गरीएको थियो ।

“सही हो” सडक नाटकमा समुदायमा हुने महिला हिंसा, महिला शसक्तीकरण, बेरोजगारले गर्दा भएको समस्या, छाउँपढी प्रथा, स्थानीय तहबाट सरकारले विनियोजन गर्ने रकम तथा त्यसको प्रयोग र प्रभावकारीताका विषयवस्तुहरु समेटीएको छ ।

सडक नाटक प्रस्तुतीमा सम्बन्धीत वडाका प्रतीनिधीहरु, प्रशासनीक निकायका व्यक्तीहरु, समाजसेवीहरु लगायत स्थानिय बासिन्दाको सहभागीता रहेको थियो । सडक नाटक हेरीसकेपछि स्थानियवासीहरुले नाटक मन परेको बताए ।

गाउँपालिका नगरपालिकाको एक क्षेत्रमा गर्नुभन्दा सबै क्षेत्रमा यस्तो सडक नाटक देखाएको खण्डमा सामाजिक रुपान्तरणका लागि पक्कै पनि केही प्रभाव पर्ने उनीहरुको भनाइ छ ।

नाटककाे दिर्नेशन सुक्बिर लामाले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + thirteen =