नागरिकलाई ध्यानमा राखेर काम गर्ने नवनियुक्त मन्त्रीको प्रतिवद्धता

काठमाडौं, साउन १२ । सरकार नवनियुक्त मन्त्रीहरुले नागरिकले अनुभत गर्नेगरि काम गर्ने बताएका छन् । मन्त्रीको शपथ ग्रहण गरे लगत्तै संचारकर्मीसंग कुराकानी गर्दै मन्त्रीहरुले योजनागत रुपमाले कामलाई अगाडी बढाउने बताएका छन् । मन्त्रीहरुले आ–आफ्ना योजना तयार पारेको बताएका छन् ।

सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजनको मुद्दालाई पहिलो प्राथमिकता दिने बताउनुभयो । उहाँले आजैबाट छलफल सुरु गर्ने जानकारी दिनुभयो । कांग्रेसबाट गरिवी निवारण तथा सहकारी मन्त्री बन्नु भएमा अम्बिका बस्नेतले रोजगारीलाई पहिलो प्राथमिता दिने बताउनुभयो । मन्त्रालयमा रहेको रोजगार कोषलाई परिचालन गरेर व्यवस्थित गर्ने बताउनुभयो ।

उहाँले मन्त्रिपरिषदमा महिला मन्त्रीको संख्या कम भएकोमा असन्तुष्टि पनि जनाउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २७ सदस्यि मन्त्रिमण्डलमा ३ जनामात्र महिला मन्त्री बनेका छन् । विभिन्न महिला अधिकारका क्षेत्रमा कार्यरत संघ संगठनले मन्त्रिमण्डलामा ३३ प्रतिशत महिला मन्त्री बनाउनुपर्ने माग अघि सारिरहेका बेला देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषदमा अत्यन्त कम संख्यामा सहभागि गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *