मलेसियामा नेपालीसहित ३० हजार बढि अवैधानिक कामदार पक्राउ


“एजेन्सी, भदौ २० । प्रहरी खानतलास गर्न थालेको चौथो दिनसम्ममा मलेसियामा ३० हजार भन्दा धेरै अवैधानिक विदेशी कामदार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नेपाली पनि रहेको भएपनि अहिले सबै विवरण खुलाइएको छैन ।
मलेसियालाई अवैधानिक कामदारमुक्त बनाउने भन्दै अहिले देशव्यापी रुपमा नै अभियान चलाएर अवैधानिक रुपमा रहेका कामदारलाई पक्राउ गर्न सुरु गरिएको छ ।
अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन भएको ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ नाम दिइएको आममाफी कार्यक्रम सकिएपछि मलेसियाले अवैधानिक कामदारविरुद्ध धरपकड गरिरहेको हो । यसबाट अवैधानिक रुपमा बसिरहेका नेपाली कामदार पनि प्रभावित हुनेछन् ।
अवैधानिक कामदारका कारण धेरै समस्या उत्पन्न भएको, स्वास्थ्य र लागुऔषध लगायतका समस्या उत्पन्न भएकाले अवैधानिक कामदारलाई पक्राउ गर्न थालिएको मलेसियाको अध्यागमनले जनाएको छ ।
द स्टारका अनुसार पटक पटक अवैधानिक कामदारलाई स्वदेश फर्किन मौका दिएपनि मलेसियामै लुकेर बसिरहेको पाइएकाले धरपडक तिव्र बनाएको हो ।
अवैधानिक विदेशी नागरिकलाई काममा लगाउने एक हजार जना रोजगारदातालाई पनि पक्राउ गरिएको छ । अवैधानिक कामदारलाई काममा लगाएको पाइएमा रोजगारदातालाई पनि कारवाही गर्ने मलेसियाले जनाएको छ ।
रोजगारदाता र सरोकारवालाले धरपकडप्रति चिन्ता व्यक्त गर्दै उपयुक्त विकल्प ल्याउन आग्रह गरेका छन् । तर सरकारले भने थप कडाइ गर्ने बताउँदै आएको छ ।
गएको फागुन ३ गतेदेखि मलेसियाले अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई स्वदेश फर्किनका अएको थियो । यो अवधि गएको बिहीबार सकिएको छ ।
आममाफीको सदुुपयोग गर्दै १२ हजार ८ सय ४१ जना नेपाली स्वदेश फर्किएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मलेसियामा झण्डै ५ लाख नेपाली कार्यरत छन् ।”
