तीन बालबालिकाको सामुहिक हत्याको अनुसन्धान किन ढिलो ?

भोजपुर, साउन १२ ।  तीन बालबालिकाको सामुहिक हत्या भएको एक महिना नाघे पनि अनुसन्धान टुंगिएको छैन । अरुण गाउँपालिका ३, प्याउलीमा दुई छिमेकी घरका १४ बर्षीया रञ्जीव सापकोटा, १३ बर्षीया सुष्मा फुयाल र ८ बर्षीय प्रदीप फुयाल असार १०
साँझ रहस्यमय ढंगले हराएका थिए ।  त्यसको दुई दिनपछि उनीहरुको शव स्थानीय तोरन कार्कीको माछापोखरीभित्र डुबेको अवस्थामा फेला परेको थियो ।

गाउँपालिकाको सदरमुकामसमते भएकाले प्याउलीमा त्यतिबेला निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेको थिए ।  नेपाली सेना बसेको रेडक्रस भवन आसपास खेल्न गएका अवस्थामा बालबालिका हराएका थिए ।

धरान स्थित विपी कोईरला विज्ञान प्रतिस्ठानमा गरिएको पोस्टमार्टममका क्रममा तिनैजनाको मुखमा केही चुईगमलाई मुठो पारेर खाँदिएको अवस्थामा फेला पारिएको थियो ।

त्यसको रिपोर्ट पनि सार्वजनिक गरिएको छैन ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *