करको विरोधमा काँग्रेसको धर्ना
मकालु खबर
२०७४ जेठ १५ गते
“
धरान, भाद्र १५ । धरान उपमहानगरपालिकाले कर बढाएको विरोधमा आज नेपाली काँग्रेसले धरान उपमहानगरपालिकामा दुई घण्टा धर्ना विरोधस्वरुप धर्ना दिएका छन् । नेपाली काँग्रेसले पत्रकार सम्मेलनको आयोजना गरी करको विरुद्धमा धर्ना गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेस धरानका सभापति तिलक राईले कुनै निश्चित पार्टीले बहुमतको दम्भमा जनतालाई करको भारी बोकाउन खोजेको आरोप लगाएका थिए ।
धर्नाका क्रममा जनतालाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पार्टीको दम्भ नेपाली काँग्रेसलाई सह्य हुँदैन ।’ उनाले काग्रेस प्रतिपक्षकै रुपमा सरकारका हरेक निकायलाइृ सचेत गराउने र जनतालाई गलत कार्यको उजागर गरी जानकारी गराईरहने समेत बताए ।
धनाएमा काङ्ग्रेसका कार्यकर्ताले कर वृद्धि फिर्ता गर्न जुलुस समेत गरेका थिए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित