काठमाडौं आइपुगे श्रीलंकाका राष्ट्रपति

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ १३ । बिहीबार र शुक्रबार काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन विशिष्ट पाहुना आउनेक्रम जारी छ ।
यसै क्रममा बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आइपुगेका छन् ।
बुधबार अपरान्ह काठमाडौं आइपुगेका सिरिसेनालाई उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
राष्ट्रपति सिरिसेना नेपाल भ्रमणका क्रममा भदौ १७ गते लुम्बिनी जाने कार्यक्रम रहेको छ । श्रीलङ्का बुद्ध धर्मावलम्बी बाहुल्य देश हो।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित