गेर्खु खोलाको ‘डाइभर्सन’ बाढीले बगाएपछि पासाङल्हामु सडक आज पनि अवरुद्ध

२०७४ जेठ १५ गते

“
नुवाकोट, भदौ १३ । नुवाकोटको त्रिशूली बेत्रावती सडक खण्डअन्तर्गत गेर्खु खोलामा बनाइएको डाइभर्सन आज बिहान बाढीले बगाएपछि सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा दर्जनौं सवारीसाधान रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भदौ २ गते राति आएको बाढीले खोलाको पुल भत्काएपछि सडक अवरुद्ध भएको थियो ।
त्यसपछि भदौ ६ गते ह्युम पाइप राखेर अस्थायी संरचना बनाई सवारीसाधन सञ्चालन गरिएको थियो । खोलामा आएको बाढीले सो अस्थायी संरचना पनि भत्काएपछि सडक पुनः अवरुद्ध भएको छ ।
खोलामा पानीको बहाव घटेपछि फेरि अस्थायी संरचना निर्माण थालिने प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
यस्तै, विदुर नपा–१० तिरतिरको भीरमा आज बिहान पहिरो जाँदा पासाङल्हामु सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित