बिमस्टेकका दिन उपत्यकाका विद्यालयमा बिदा दिइँदै

काठमाडौँ, भदौ १२ । सरकारले काठमाडौंमा बिमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते उपत्यकाका विद्यालयहरु बिदा दिने भएको छ । बिमस्टेक बैठकलाई लक्षित गरी सरकारले काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँ तीनवटै जिल्लामा विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

बिमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ । साथै उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

मंगलबार बसेको सुरक्षा महाशाखाको बैठकले जोर बिजोर प्रणाली लागू हुने तीनै दिन राति १० बजेदेखि बिहान ६ बजेसम्म चल्ने गाडीमा भने जोर बिजोर प्रणाली लागू नहुने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =