‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुँदै

“
विराटनगर, भदौ ५ । थारु समुदायका युवा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि एक नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुने भएको छ ।
आयोजक थारु कला केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलबारदेखि शनिबारसम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो ।
विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । आईकनको पहिलो अडिसन मंगलबार सुनसरीको झुम्कामा हुँदैछ ।
त्यस्तैगरी भदौ ६ गते उदयपुर, ७ गते मोरङको नेता चौक, ८ गते झापाको विर्तामोड र ९ गते बिराटनगरमा अडिसन हुने थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए ।
अडिसनबाट उत्कृष्ट छनौट भएका एक÷एक जना मिस्टर एण्ड मिस थारु आईकन घोषणा हुनेछन् । बिजेताले २ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै एक÷एक जना युवायुवतीले फस्ट रनरअप र सेकेन्ड रनरअपको उपाधि पाउनेछन् ।
“








