फ्रान्सेली लिग: एम्बाप्पेकाे दुई गोलमा पीएसजीकाे सहज जित

काठमाडाैं, भदाै ३ ।  केलियन एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा सहज जित निकालेको छ ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा सहज जित निकालेको हाे ।

पहिलो हाफमा एक शुन्यले पछाडी परेको स्थितीलाई उल्ट्यादै पीएसजीले गुईनग्यापमाथि ३-१ को जित निकालेको हो । पीएसजीको जितमा नेयमारले समेत एक गोल गरे ।

गुईनग्यापले खेलको २० औ मिनेटमा नोलन रोक्सको गोलमार्फत अग्रता बनाएको थियो । नेयरमाले ५३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ८२ औ मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा नेयमारको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एम्बाप्पेले पीएसजीलाई महत्वपुर्ण तीन अंक दिलाए ।

लिग चरणका सूरुवात दुवै खेलमा जित हात पार्दै पीएसजीले ६ अंक जोडेको छ । दुवै खेलमा पराजित गुईनग्याप अंक विहिन हुँदै तालिकाको पुछारदेखि दोस्रोमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =