सरकारी कार्यालयका छाप तथा कागजात नक्कली बनाइ विक्री गर्ने चार जना सार्वजनिक

सुनसरी, भदौ १ । धरानको ब्यस्त बजार महेन्द्र पथमा रहेको मिक कम्प्युटर प्रालिका सञ्चालक राजकुमार लिम्बु(थोप्रा) सहित विहिबार राती साढे १० बजे पक्राउ परेका चार जनालाई ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा राम सेवा, मिक कम्प्युटर प्रालिमा नै कार्यरत थोप्राका सहयोगी कर्मचारी वीरध्वज लिम्बु र सरोज योङहाङ रहेका छन् ।

उनीहरुलाई विभिन्न सरकारी कार्यालयका कागजातहरु नक्कली बनाएर विक्री गरेको भन्दै १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरको विशेष ब्युरो, संघिय इकाइ प्रहरी कार्यालय धरान र ईलाका प्रहरी कार्यालयको संयुक्त टोलीले मिक कम्प्युटरमा छापा मारी किर्ते कागजात सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साम्रग्रीहरुमा नेपाली नागरिकता प्रमाणपत्रको खाली कार्ड ७ थान, उच्च माबि शिक्षा परिषद र त्रिभुवन विश्वविद्यालय टियु का प्रमाणपत्र ४ थान विभिन्न सरकारी छाप २२७ थान , कम्युटर सीपीयु ३ थान, प्रिन्टर २ थान, मनिटर १, कम्युटर १ थान, विभिन्न प्रमाणपत्र प्रिन्ट गर्ने कागज ३ रिम पक्राउ परेसंगै मिक कम्प्युटरलाई प्रहरीले सिलबन्दी गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार मिक कम्प्युटरबाट नागरिकता, कलेजको सर्टिफिकेट, एसएलसीको सर्टिफिकेट, मार्कसटि बनाउन प्रयोग हुने कागज ठुलो परिणाममा बरामद गरेको छ ।

त्यस्तै नक्कली कागजात बनाउन प्रयोग हुने कम्प्युटर र प्रिन्टर समेत बरामद गरिएको छ । उनीहरुमाथि प्रहरीले लामो समयदेखि निगरानी राखेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सीनाले जानकारी दिएका छन् ।

पक्राउ परेका टोलीले लामो समयदेखि भारतीय नागरिकता र पासपोर्ट, विदेश जाने युवाहरुको नक्कली शैक्षिक प्रमाण पत्र, ब्रिटिस आर्मि भिड्ने युवाहरुको नक्कली सर्टिफिकेट बनाएर पैसा असुली गर्ने गरेको फेला पारिएको छ ।

सोही टोलीले प्रालिका सञ्चालक राजकुमार लिम्बुको घरमा समेत खानतलासि गरेर सो बराबरको सामग्री बरामद गरेको हो । पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी कागत तथा सही छाप किर्ते गरेको अभियोगमा अनसन्धान गरी मुद्धा चलाईने डिएसपी तिम्सीनाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *