प्रदेश ७ मा मुख्यमन्त्रीको शपथ आज, निवास टुङ्गो छैन

धनगढी, फागुन ५ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको शपथ ग्रहण आज दिउँसो तिन बजे हुँदैछ । तर मुख्यमन्त्रीको निवासको भने अझै टुङगो लागेको छैन ।

केही दिन देखि मुख्य मन्त्रीको निवासका लागी धनगढीका विभिन्न सरकारी कार्यालय तथा निजी भवनको निरीक्षण भए पनि मुख्यमन्त्री भट्टले निवास अत्तरिया माग गरेपछि उनको निवास खोज्ने काम अनिश्चित बनेको हो ।अतरियाका केही निजी घरहरू मुख्य मन्त्रीका लागी हेरिएपनि अझै निश्चित नभएको प्रदेश नम्बर ७ का प्रदेश सचिव लक्ष्मीराम पौड्लले बताए ।


मुख्यमन्त्री भट्टले गाउँ तथा पहाड तिरका जनताको माग अनुसार निवास अतरिया माग गरेपछि अहिले अतरियामा निवास खोज्ने काम भएको पौड्ललेको भनाई छ । मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम आज ३ बजे हुनेभएपनि पदभार ग्रहण भन्ने आज शनिवार भएका कारण आइतबार मात्र हुने पौड्लले जानकारी दिए ।

उनले मुख्यमन्त्रीको स्वागतका लागी कार्यालयमा तयारी तीव्र पारिएको बताए । मुख्यमन्त्री सँगै अन्य मन्त्रीको समेत शपथ हुन सक्ने भएका कारण त्यही अनुसार व्यवस्था भइरहेको छ ।

मुख्य मन्त्रीको शपथ ग्रहणका लागी प्रदेश प्रमुखको कार्यालयले समेत तयारी तीव्र पारिएको प्रदेश प्रमुखको कार्यालयका उपसचिव हिरालाल चौधरीले जानकारी दिए । मुख्यमन्त्रीसँगै प्रदेश नम्बर ७ मा अन्य ३ मन्त्रीहरूको समेत शपथ ग्रहण हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =