धरान: फुटपाथमा व्यापारीलाई मालामाल, अपाङगता देखी सर्बसाधारणलाई सास्ती


“
धरान सुनसरी, साउन ३१ । बढ्दो शहरीकरणले व्यापार–व्यवसायको आयाम फेरिएसँगै धरानको फुटपाथमा ब्यापार गर्दै आएका घुमुवा व्यापारी मालामाल भएको छ । उनीहरुले ल्याएको सामानको दैनिक रुपमा १५ हजार भन्दा बढीको ब्यापार हुने गरेको हरेक मालका कपडा ब्यापारी रमेश र पिण्टु मदरासीको भनाई छ ।
धरानको मुख्य बजारका फुटपाथमा घुमुवा व्यापारीले हप्ताको एक दिन व्यापार गर्दै आइरहेका छन् । सोमबार धरान बन्द भएका दिन घुमुवा व्यापारीहरूले फुटपाथ ढाकेर व्यापार गर्ने गरेपछि ग्राकको ओइरो नै लाग्ने गरेको ब्यापारकै क्रममा ब्यापारीहरुको सामान बोकेर बिराटनगरबाट धरान आउने गरेका गाडी चालक श्याम कामतको भनाई छ ।
यसरी ब्यापार ब्यवसाय फुटपाथमै बाटो ढाक्ने गरी गरेपनि सम्बन्धित निकायको यसतर्फ ध्यान आकृष्ट हुन सकेको छैन ।
थमै
अन्य बेला स्थायी व्यापारीले फुटपाथमा त्रिपाल टागेर बस्दा पनि हैरान बनाउने गरेका तर फुटपाथ व्यापारीहरूले यात्रु हिँड्ने ठाउँ नै कब्जा गरेपनि सम्बन्धीत निकाय केही नगरेको वासुदेव बरालको भनाई छ ।
उहाका अनुसार ‘कुनै एक निश्चित ठाउँमा लगेर फुटपाथको व्यापारलाई व्यवस्थित गर्नुपर्छ । धरानको शोभा बढाउन भन्दै बनाएको अपाङ्गमैत्री फुटपाथ र सडकको किनारमा राखिएका गमला र रेलिङ छोपेर फुटपाथमा व्यापार गर्दा स्थानीय सरकार किन मौन छ उहाको प्रश्न छ ?’
धरानको शोभा बढाउन बनाएको रेलिङलाई साना व्यापारीले व्यापार गर्ने थलो बनाउँदा पनि स्थानीय सरकार नबोलेको देख्दा स्थानीयहरु आश्चर्यमा परेका छन् ।
धरानको छाताचोकदेखि भानुचोकसम्मको व्यस्त सडकको दुवैतर्फ पाँच वर्षअघि अपाङ्गमैत्री फुटपाथ निर्माण गरिएको थियो । तर हप्तको एक दिन सोमबार अपाङ्गता भएकाहरूलाई मात्रै हैन, सर्वसाधारणलाई पनि हिँड्न सकस हुने गरेको छ ।
धरानमा फुटपाथमा व्यापार गर्न जोगवनी, विराटनगर, इटहरीसम्मका व्यापारी आउने गरेका छन् । उनीहरुले भानुचोकदेखि छाताचोकसम्म फुटपाथमै पसल फिँजाउने गरेका छन् । जहा लत्ताकपडा, जुत्ता–चप्पल फिँजाउँदै सस्तोमा व्यापार गर्ने गरेका हुन्छन र सस्तो मूल्यमा सामान पाइने भएपछि फुटपाथमा किन्नेहरूको लाम लाग्ने गर्दछ ।
“
