धरान: बिष्णुपादुका जोडने सर्दुखोलाको पुल २ बर्षमा तयार हुने 

धरान,सुनसरी साउन २४ । धरान उपमाहानगरपालिकाको वडा नं ११ र २० मा रहेको सर्दूखोलामा निर्माण हुने पुल दुई वर्ष्भित्रमा तयार हुने योजना अघि बढेको छ । १ सय २१ मिटर लामो पुल निर्माण कार्य दुई वर्ष्भित्रमा तयार गर्ने पुल निर्माणको जिम्मा पाएको कार्कीबन्धु कन्ट्रक्सनले जनाएको छ ।

बुधबार पुल निर्माण धरान ११ र १० जोडने बिष्णुपादुमका मार्ग स्थलमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा बोल्दै निर्माण कम्पनीका निर्देशक दीपेन्द्र कार्कीले काममा कुनै पनि अवरोध नआए दुईवर्ष अगावै पुल सञ्चालनमा ल्याउने दावी गरेका छन् । त्यस्तै सोही स्थानमा सार्वजनिक सुनुवाइमा बोल्नुहुदै स्थानीय सडक पुल कार्यक्रमका इञ्जिनियर मङ्केश्वर ठाकुरले पुलको काममा २४ सै घण्टा निगरानी गर्न छुटै इञ्जिनियर तोकिएको समेत बताए। सो पुलको कम्तीमा ८० वर्षदेखि बढीमा १ सय ५० वर्षसम्म आयु हुने ठाकुरले बताए । स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार)को योजनामा पुल निर्माण कार्य सुरु भएको हो ।

पुलको कुल लागत ८ करोड ४० लाख ३२ हजार ४ सय ३६ रुपैयाको रहेको छ । त्यस्तै सार्वजनिक सुनुवाईमा आ आफना सुझाव राख्नुहदै स्थानीयहरुले पुल निर्माणको कार्य समयमै सक्न र पुल निर्माणमा स्थानीय मजदुरलाई प्राथमिकता दिन आग्रह गरेका थिए । त्यस्तै केही घर पुल बन्ने स्थानमा रहेकाले बिस्तापित समेत हुन अवस्था आएकोले सो कुरामा स्थानीय नगरपािलका तथा सम्बन्धीत निकालयले समेत ध्यान पु¥याउन आग्रह समेत गरिएको थियो ।

सोही सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्नुहुदै धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले पुल निर्माणको कार्यमा कुनै पनि अवरोध नआउने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =