‘स्वास्थ्य सेवालाई गाउँगाउँसम्म पुर्याउन वरिष्ठ चिकित्सकहरु गाउँगाउँमा पुग्नुपर्छ’

काठमाडौं, साउन २३ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई गाउँगाउँसम्म पुर्याउन वरिष्ठ चिकित्सकहरुले गाउँ गाउँमा पुगेर आफ्नो सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री यादवले गाउँ तहसम्म दरबन्दी भएपनि वरिष्ठ चिकित्सकहरु नगएकोप्रति असन्तुष्टि व्यक्त गर्दै वरिष्ठ चिकित्सकहरुलाई तोकिएको कार्य क्षेत्रमा जान कडा निर्देशन समेत दिएका छन् ।

बुधबार शिक्षण अस्पताल महाराजगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नब्बे प्रतिशत भन्दा बढि चिकित्सकहरु काठमाडौं बाहिर जान नचाहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत पनि गराएका छन् ।

उनले सरकारले सबै प्रदेशमा विशेषज्ञ सेवाको व्यवस्था गर्न लागेको जानकारी पनि दिए ।

उपप्रधानमन्त्री यादवले सरकारी अस्पतालको उपकरणको प्रयोगमा लापरबाही हुने गरेको पनि स्मरण गराए । शिक्षण अस्पताल महाराजगंजलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको पनि मन्त्री यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *