चितवन दुर्घटना अपडेट: ४ को मृत्यु, १७ घाइते

चितवन, साउन २३ । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा ट्रक र बस एक आपसमा ठोकिदा भएकाे दुर्घटनामा मृत्यु हुनेकाे संखया ४ पुगेकाे छ ।  रत्ननगरनगरपालिका–१० भानु चोकमा बस र ट्रक आपसमाठोकिएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक रौतहट चपुर–२ का ३४ वर्षकामोहन घिसिङ, सहचालकचपुरकै ३० वर्षका बुद्धिमान लामा, ताप्लेजुङकी ४२ बर्षकातारा बराल रहेको प्र्रहरी कार्यालय रत्ननगर टाँडीले जनाएको छ ।

अर्का एक जनाको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको नयाँ मेडिकल र एक जनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको मकालु यातायातको यात्रु बस र नारायणगढ तर्फआउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक गएराती ११ बजेतिर आसपसमा ठोक्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *